विश्व

प्रदर्शन चर्कदै गएपछि अल्जेरियाका राष्ट्रपति बुतेफ्लीकाद्वारा राजीनामा

काठमाडौं । आफूविरुद्ध लगातार प्रदर्शन चर्कदै गएपछि अल्जेरियाका राष्ट्रपति अब्दुलअजिज बुतेफ्लीकाले राजीनामा दिएका छन् ।
२० बर्षदेखि अल्जेरियाको सत्ता सम्हाल्दै आएका बुतेफ्लीकाले यसपटकको निर्वाचन नलड्ने घोषणा गरेका थिए ।

उनले यही अप्रिल २८ मा आफ्नो कार्यकाल समाप्त भएपछि पद छोड्ने घोषणा पनि गरेका थिए ।

तर प्रदर्शनकारीहरुले पद छोड्न राष्ट्रपतिले गरेको प्रतिबद्धतालाई विश्वास गर्न नसकिने भन्दै तत्काल राजीनामा दिन माग गरिरहेका थिए ।

यसअघि अल्जेरिया सेना प्रमुखले पनि बुतेफ्लीका सत्ता सम्हाल्न अयोग्य रहेकाले तत्काल पदबाट हट्नु पर्ने बताएका थिए ।

प्रदर्शनकारीहरुले देशको राजनीतिक ढाँचामा भूलभूत बदलावको माग गरेका छन् ।

सत्ताधारी नेसनल लिब्रेसन फ्रन्टले सुधारको मुद्दामा राष्ट्रिय सम्मेलन बोलाउने निर्णय गरेको छ ।

यसअघि बुतेफ्लीकाले आफ्नो उम्मेदवारी रद्द गर्दै यसै महिना हुने निर्वाचनलाई टार्नु भएको थियो । नयाँ निर्वाचनको मितिबारे निर्णय लिन बाँकी छ ।

nema
Show More

Related Articles

Back to top button