विश्व

कोरोना भाइरसबाट चीनमा मृत्यु हुनेको संख्या १३ सय ५० नाघ्यो

१ फागुन
कोरोना भाइरसका कारण चीनमा मृत्यु हुनेको संख्या १३ सय ५० पुगेको छ । झण्डै ६० हजारजनामा संक्रमण पुष्टि भएको छ । चिनियाँ अधिकारीका अनुसार हुबेइमा नोवेल कोरोनाका कारण बुधबार मात्रै २ सय ४२ जनाको मृत्यु भएको छ । हिजो एकै दिन १४ हजार ८ सय ४० जना भन्दा बढीमा संक्रमण भेटिएको छ । यसअघि चीनको राष्ट्रिय स्वाथ्य संगठनले गएको मंगलबार नयाँ संक्रमणको दर पछिल्लो दुई हप्ता यताकै कम रहेको बताएको थियो। तर बुधबार हुबेइमा भएको थप मृत्यु र संक्रमणले अवस्था भयावह भएको देखिएको हो । यसैबिच डब्लुएचओले नोवेल कोरोना भाइरसको महामारी अन्त्यका बारेमा अहिले नै बोल्न उपयुक्त नहुने बताएको छ । चीन बाहिर ४ सय ४१ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

nema
Show More

Related Articles

Back to top button