समाचारविश्व

भारतमा फानीका कारण कम्तिमा ८ जनाको मृत्यु

काठमाडौं, वैशाख २१ । बंगालको खाडीबाट विकसित भएको शक्तिशाली समुद्री आँधी ‘फानी’का कारण भारतमा कम्तीमा ८ जनाको ज्यान गएको छ ।
पूर्वी तटीय राज्य उडिसामा सबैभन्दा बढी क्षति पुर्‍याएको छ । उडिसाका १० लाखभन्दा बढी मानिस प्रभावित भएका छन् । पर्यटकीय सहर पुरी पनि निक्कै प्रभावित भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
तीव्रगतिमा आएको आँधीका कारण पुरीमा १६० मानिस घाइते भएका छन् । प्रतिघन्टा २०० किलोमिटरका दरले आएको आँधीले ठूलो मात्रामा भौतिक सम्पत्तिमा क्षति भएको छ ।
भारी वर्षासहित आएको हावाहुरीले ठूल्ठूला रुख ढाल्नुका साथै पक्की पर्खालसमेत ढालेको छ ।
त्यसैगरी, ठूलो संख्यामा बिजुलीका पोल, टेलिफोनका टावरहरुमा पनि क्षति पुगेको छ । रेडियोका टावरहरु पनि ढलेका छन् ।
फानी उडिसाको पुरीछेउको तटीय क्षेत्रबाट प्रवेश गरेको थियो । यसको प्रभावले दर्जनौं गाउँ डुबेका छन् ।
मानवीय क्षति हुन नदिन तटीय क्षेत्रका १० लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा राखिएको छ ।
बंगलादेशमा पनि ‘फानी’ आँधीका कारण एकजनाको मृत्यु भएको छ । बंगलादेशका करिब चार लाख मानिसलाई सुरक्षित स्थानमा राखिएको अधिकारीहरुले जनाएका छन् । ९एजेन्सी०

nema
Show More

Related Articles

Back to top button