अन्तर्वार्ताविश्व

मोदीको जनकपुर सम्बोधनबारे शुष्मा स्वराजको अभिव्यक्ति (भिडियो सहित)जनकपुरबाट भारतीय नागरिकलाई संबोधन गरेको दावी


१४, जेठ काठमाडौं । भारतीय विदेशमन्त्री शुष्मा स्वराजले अमेरिकाको मेडिसनदेखि जनकपुरसम्म पुगेर लाखौं भारतीय समुदायलाई सम्बोधन गर्नु भारतीय कुटनीतिमा असाधारण सफलता रहेको बताएकी छन् ।
विदेश मन्त्रालयमा सोमवार आयोजित वाषिर्क पत्रकार सम्मेलनमा भारत सरकारको ४ वर्षको उपलब्धीसम्बन्धी पुस्तक विमोचन गर्दै उनले प्रधानमन्त्री नरेन्द्र मोदी प्रवासी भारतीयहरु बसेकै ठाउँमा गएर संबोधन गर्ने पहिलो प्रधानमन्त्री बनेको बताएकी छन् ।
स्वराजले भनिन् ‘आजभन्दा पहिले कुनै पनि भारतीय प्रधानमन्त्रीले भारतीय समुदायसँग जोडिने गरी सम्बोधन गरेका थिएनन् । नरेन्द्र मोदी यस्तो प्रधानमन्त्री हुन् जसले अमेरिकाको मेडिसनदेखि जनकपुरको मैदानसम्म लाखौं लाख भारतीयलाई सम्बोधन गरेर उनीहरुसँग सिधै जोड्ने काम गर्नुभएको छ ।’
स्वराजले करिब डेढ घण्टा लामो प्रश्नोत्तरमा नेपालसँगको सम्बन्ध, प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण र भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणबारे केही उल्लेख गरिनन् । उनले चीन, पाकिस्तान, अमेरिका, माल्दिभ्स, बंगलादेश, म्यानमारलगायतका देशसँगको सम्बन्धबारे चर्चा गर्दा पनि उनले नेपालको नाम लिइनन् । तर जनकपुरमा गरेको संबोधनलाई भने उनले भारतीय नागरिकलाई गरेको संबोधनको संज्ञा दिइन् ।
भारतीय प्रधानमन्त्री म्ाोदीले गत वैशाख अन्तिम साता नेपाल भ्रमणको शुरुवात जनकपुरबाट गर्दै नागरिक अभिनन्दनका क्रममा रंगभूमि मैदानमा सम्बोधन गरेका थिए । सो सम्बोधनको आयोजना प्रदेश सरकार र जनकपुर उपमहानगरपालिकाले गरेको थियो भने प्रदेश २ का विभिन्न जिल्लाबाट सर्वसाधारणलाई सहभागी गराइएको थियो ।
स्वराजले त्यस क्रममा नेपालको नाम उल्लेख गरेकी छैनन् । उनले जनकपुरको मैदानबाट मोदीले भारतीय समुदायलाई सम्बोधन गरेको भनेर के इंगित गर्न खोजिन् ? यो प्रष्ट भएको छैन । जनकपुरमा प्रवासी भारतीयको संख्या नगन्य छ ।
हेर्नुस् भिडियो

२०७५ जेठ १४ गते २०:४५ मा प्रकाशित

nema
Show More

Related Articles

Back to top button