breakingसमाचार

तनहुँ काङ्ग्रेस क्षेत्र नंवर २ को क्षेत्रीय कार्यकर्ता भेला बैशाख १४ गते हुने

२४ चैत, काठमाडौैँ÷ विशेष अधिवेशन पश्चात नेपाली काँगे्रस तनहँुको क्षेत्रिय कार्यसमिति क्षेत्र नं २ को पहिलो वैठक शनिवार शुक्लागण्डकी नगरपालिकाको बेलचौतारामा सम्पन्न भएको छ । उक्त वैठकको प्रमुख अतिथि नेपाली काँगे्रसका पूर्व सह–महामन्त्री गोविन्दराज जोशीले गरे । नेपाली काँगे्रसलाई बलियो बनाउन भनेर चितवनमा प्रचण्डलाई , गोरखामा बाबुरामलाई, हेटौैँडामा कमल थापालाई , म्याग्दीमा भिमप्रसाद गौतमलाई र सिन्धुलाल्चोकमा पशुपतिशमशेरलाई मतदान गर्न कार्यकर्तालाई निर्देशन गर्ने पार्टीले तनहुँको १० औैँ हजार इमान्दार र कृयाशिल नेपाली काँगे्रसका कार्यकर्ताले आफूहरुलाई अन्याय भयो , जिल्लाकै पार्टीका बरिष्ठ नेता भनिले ब्यक्तिबाट आफूहरुलाई अन्याय भयो न्याय गरियोस भनि नेपाली काँगे्रस केन्द्रीय कार्यालयमा उजुरी गर्दा आफूहरुलाई निश्काशन गर्लान भन्ने कुरा पटक्कै विश्वास नरहेको उनले बताए ।  ‘कार्यकर्ताको समस्या भनेको समग्र पार्टीकै समस्या भएकोले समस्याको तत्काल समाधान गर्ने नेपाली काँगे्रस केन्द्रीय नेत्रित्वलाई  उनलेआग्रह गरे । ’

 
सोही बैठकमा नेपाली कांग्रेस जिल्ला कार्य समिति तनहँुका सभापति डिल्लीराम अधिकारीले भने — नेपाली कांगे्रस ७७ जिल्ला मध्ये चर्चित जिल्ला तनहँु जिल्ला वर्तमान अवस्थामा “नेपाली कांगे्रसको पहिचान तनहँु जिल्लाको अडान” जुन थियो यसपालीको निर्वाचनमा गुमाउन पुग्यो । यस्तो अवस्था आउनको पछाडी नात पर्ने र हाता लाग्ने मान्छेहरुको लागि टिकट दिने परम्पराले यो सिर्जना भएको उनले बताए । अधिकारीले भने, “नेपाली कागे्रस तनहँु भित्र कार्यकर्ताहरुलाई काखा र पाखा गरेको अवस्थामा जिल्लामा भएको गतिविधि बारे केन्द्रिय सभापति र महामन्त्री एवंम् पार्टीका महत्वपूर्ण केन्द्रिय सदस्यहरुलाई जानकारी गराएका थियौं ।” अधिकारीले भने, सबै कुरा पार्टीका शिर्ष नेताहरुलाई थाहा भएकै कुरा हो उनले भने । अब पार्टी भित्र यतिका साथीहरुलाई कसरी मिलाउने ? कोही अन्यायमा नपरोस भनेर नै हामी लडेका हौं उनले भने । आउदो अधिवेशन वा निर्वाचनमा नेपाली कांगे्रसले बहुमत ल्याउनको लागि पार्टीको संगठन मजवुत पार्न खोजेको उनले बताए । आफ्नो अभियानमा साथ दिन उनले नेपाली कांगे्रस तनहँुका कार्यकर्ताहरुलाई अधिकारीले अपिल गरेका छन् ।
 

बैठकले आगामी २०७६ साल बैशाख १४ गते शुक्लागण्डकी नगरपालिकाको बेलचौतारा खैरेनीमा २ नंवर क्षेत्रीय कार्यकर्ता भेला गर्ने निर्णय गरेको छ । सो क्षेत्रीय भेला तयारीका लागि प्रत्येक गाँउनगर तथा वडा समिति निर्माण गर्नको लागि ११ जनाको तयारी समिति निर्माण भएको छ । उक्त समितिको सयोजकमा नेपाली काँगे्रस जिल्ला कार्य समिति तनहँुका सभापति अधिकारी सदस्यहरु परशुराम गिरी, ध्रवकुमार श्रेष्ठ, बालकृष्ण पौडेल। ऋषिराम पोखेरेल, गोपीबहादुर गुरुङ निलकण्ठ सिग्देल, कुलबहादुर थापा, नरेन्द्र थापा, इन्द्र पौडेल र कमलभक्त पोखे्रललाई चयन गरिएको छ । नेपाली कांगे्रस क्षेत्र नं २ का सभापति ध्रवक्ुमार श्रेष्ठको अध्यक्षतामा भएको सो वैठकमा कांगे्रस तनहँुकी सचिव चिनु पोखेरेल, कोषाध्यक्ष बालकृष्ण पौडेल, पार्टीका प्रवक्ता हरिशरण पण्डित, पार्टीका जिल्ला सदस्यहरु गोपीबहादुर गुरुङ परशुराम गिरी, ऋषीराम पोखेरेल, प्रेमप्रसाद लालचन, खुुदाबकस मिया, टेकबहादुर थापा, रहिम महम्मद मिया, रामदेव पन्थ, नरनाथ काफ्ले लगायतले बोलेको सो वैठकमा क्षेत्रिय सचिव निलकण्ठ सिग्देलले संचालन गरेका थिए ।

nema
Show More

Related Articles

Back to top button