समाचार

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड

काठमाडौं– सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ । सुन आज प्रतितोला ७० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । बुधबारको तुलनामा बिहीवार प्रति तोला सुनको मूल्य ५ सय रुपैयाँ बृद्धि भइ तोलाको ७० हजारमा कारोबार भइरहेको हो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेसँगै नेपाली बजारमा त्यसको प्रभाव परेको व्यवसायीहरुको भनाइ छ ।
अन्तर्राष्ट्रिय अर्थतन्त्रमा देखिएको अस्थिरता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अर्थनीति, कश्मीर तनाव र स्थानीय मागथ कम भएका कारण नेपालमा सुनको भाउ लगातार बढिरहेको छ ।
व्यवसायी र अर्थशास्त्रीहरूका अनुसार हाल अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्य बढिरहेकाले त्यसको असर नेपालमा पनि देखिएको बताइएको छ ।
चीन र अमेरिकाबीचको व्यापार युद्धले अन्तर्राष्ट्रिय बजार अस्थिर बन्दा धेरै लगानीकर्ता सुनतर्फ आकर्षित भएको हुँदा मूल्य बढेको व्यवसायी र अर्थशास्त्रीको तर्क छ ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button