समाचार

काँडाघारीबाट अपरिहत बालकको हत्या, प्रहरी ‘इन्काउन्टर’मा दुई अपहरणकारी मारिए

२१ साउन, काठमाडौैँ÷आइतबार बेलुकादेखि अपहरणमा परेका ११ वर्षीय बालकको खोजीमा जुटेको प्रहरी र अपहरणकारीबीच मुटभेट भएको छ । मुठभेडमा दुई जना अपहरणकारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले डोलेश्वरमा अपहरणकारीमाथि गोली चलाउँदा दुई जनाको मृत्यु भएको हो । मृतकको अहिलेसम्म सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।
उनीहरु मंगोलिय वर्णका २७ वर्षका जस्ता देखिने महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले बताए । घटनास्थलबाट एउटा पेस्तोल त्यसमा लाग्ने गोली र बालकको परिवारलाई धम्क्याउन प्रयोग भएको मोबाइल बरामद भएको छ ।
यसैबीच, राजधानीको काँडाघारीबाट अपहरणमा परेका ११ वर्षीय बालक निशान खड्काको हत्या भएको छ । आइतवार अपहरणमा परेका ११ वर्षीय निशान खड्कालाई अपहरणकारी समूहले हत्या गरेका हुन ।
बालकको शव भक्तपुरको ठिमी नगरपालिका वडा नम्बर ७ नगदेशमा गाडिरहेको अवस्थामा भेटिएको महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख धिरजप्रताप सिंहले जानकारी दिए ।
अपहरणकारीले सोमबार बिहान निशानको परिवारलाई सम्पर्क गरेर निशान अपहरणमा परेको जानकारी दिएका थिए । त्यसपछि उनीहरुले करोड भन्दा धेरै रकम फिरौती मागेका थिए ।
त्यसपछि प्रहरीले अपहरणकारी र बालकको खोजी गरेका थिए । भक्तपुरको नगदेशमा बालकको बालकको शव गाडिएको अवस्थामा भेटिएको हो । त्यही क्रममा प्रहरीले अपहरणकारीमाथि इन्काउन्टर गरेको हो ।

nema
Show More

Related Articles

Back to top button