breakingसमाचार

समसामायिक राजनीतिक परिस्थितिबारे ‘ब्रिफिङ’ केपी ओली

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालय बैठकमा अध्यक्ष केपी ओलीले समसामायिक राजनीतिक परिस्थितिबारे ‘ब्रिफिङ’ गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा बुधबार बसेको बैठकमा अध्यक्षले समसामायिक राजनीतिक परिस्थितिबारे संक्षिप्त ‘ब्रिफिङ’ मात्र गरेका छन् ।
बैठकमा अध्यक्ष केपी ओलीले कार्ययोजनाका साथ काम अघि बढाइरहेका वेला सरकारलाई असफल बनाउन राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपमा घेराबन्दीको प्रयास गरिएको बताए । उनले कांग्रेसले डा. गोविन्द केसीको आन्दोलनलाई समर्थन गर्ने बाहनामा पछिल्ला घटनाक्रमलाई अन्तर्राष्ट्रियकरणसमेत गर्ने प्रयास गरेको बताए ।
‘पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीज्यूले पछिल्लो राजनीतिक घटनाक्रमबारे सामान्य ब्रिफिङ गर्नुभयो’ बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘अन्य विषयमा प्रवेश नभएकाले बिहीबार मात्र एजेन्डामै केन्द्रित रहेर विस्तृतमा छलफल हुनेछ ।’
बैठकमा अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रवक्ता श्रेष्ठलाई राजीनामा फिर्ता लिन आग्रह गरेका थिए । तर, दबाबभन्दा पनि स्वेच्छाले राजीनामा दिएको अडान राख्दै श्रेष्ठले थप छलफलपछि मात्र आफू निष्कर्षमा पुग्ने जानकारी दिएका थिए ।
बिहीबारको बैठकमा आगामी ५ भदौभित्र प्रदेश, जिल्ला र जनसंगठनको एकतालाई पूर्णता दिने विषयमा केन्द्रित रहेर छलफल हुने नेकपाले जनाएको छ ।

nema
Show More

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button