breakingसमाचार

भिडियो कन्फरेन्समार्फत गरिएको मन्त्रिपरिषदको बैठकप्रति काँगे्रसको आपत्ति

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भिडियो कन्फरेन्समार्फत गरिएको मन्त्रिपरिषदको बैठकप्रति गम्भिर आपत्ति जनाएको छ ।
उपचारका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार भिडियो कन्फरेन्समार्फत मन्त्रिपरिषद् बैठकको अध्यक्षता गरेका थिए। मंगलबार संसदमा विशेष समय लिएर बोल्दै कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले प्रविधिको प्रयोगको नाममा गम्भीर विषयमा खेलाँची गरिएको आरोप लगाए ।
उनले एकातिर कार्यावाहक प्रधानमन्त्री तोक्ने अर्कोतर्फ प्रधानमन्त्री आफैंले विदेशबाट मन्त्रिपरिषद्को अध्यक्षता गर्नु विरोधाभाषपूर्ण भएको दाबी समेत गरे ।
‘प्रधानमन्त्री बाहिर जाँदा कार्यवाहक प्रधानमन्त्री तोकिएको छ, राष्ट्रपति कार्यालयको पत्र सभामुख ज्यूले पढेर सुनाउनुभयो। तर एकातिर कार्यवाहक तोक्ने अर्कोतिर आफैं भिडियो कन्फरेन्समार्फटत मन्त्रिपरिषद्को बैंठक चलाउने कुरा आफैंमा नमिल्ने कुरा हो।’— नेता खाँडले भने
कांग्रेसले भिडियो भिडियो कन्फरेन्समार्फत पनि मन्त्रिपरिषद बैठक बस्ने गरी गरिएको मन्त्रिपरिषद् सञ्चालनसम्बन्धी कार्यविधि सच्याउन माग गरे।
प्रमुख सचेतक खाँडले प्रधानमन्त्रीले विदेशबाटै मन्त्रिपरिषद्को बैठक राख्न सक्छन् भने संसदको बैठक पनि सभामुख विदेश भएको बेला भिडियोमार्फत् गर्न मिल्छ कि मिल्दैन भन्दै प्रश्न गरे।

nema
Show More

Related Articles

Back to top button