समाचार

भारतको पछिल्लो कदमबारे बल्ल बोल्यो नेपाल सरकार

२७ बैशाख, काठमाडौैँ
भारतले नेपाली भूभागमा बाटो बनाएकामा नेपाल सरकारले आपत्ति जनाएको छ । भारतले नेपाली भूमि लिपुलेक–कालापानी हुँदै चीनको मानसरोवर जाने सडक उद्घाटन गरिसकेपछि आज बल्ल नेपाल सरकारले वक्तव्यमार्फत् आपत्ति जनाएको हो ।
परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भारतले नेपाली भूमि लिपुलेकमा बाटो उद्घाटन गरेको जानकारी भएको भन्दै त्यसप्रति कडा आपत्ति भएको बताइएको छ । सुगौली सन्धि अनुसार लिम्पियाधुरा, कालापानी, लिपुलेकसहित महाकाली नदी पूर्वको भूभाग नेपालको रहेको भन्दै विज्ञप्तिमा सो क्षेत्र नेपालकै रहेको भन्ने कुरा बारम्बार दोरो¥याउँदै आएको हो ।
पछिल्लोपटक भारतले जारी गरेको नयाँ राजनीतिक नक्शामा नेपाली भूमि भारतमा गाभिएपछि गएको नोभेम्बर २० मा भारत सरकारलाई कूटनीतिक नोट पनि पठाइएको थियो ।
तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि उत्तराखण्डस्थित धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्रबाट लिपुलेक पुग्ने लिंक रोडको भारतले हिजो उद्घाटन गरेको थियो । भारतको उक्त कदमको सर्वत्र आलोचना र विरोध शुरु भएको छ ।

nema
Show More

Related Articles

Back to top button