breakingसमाचार

नेपालमा चौथो ब्यक्तिमा पनि कोरोनाको संक्रमण भएको पुष्टि

१४ चैत्त, काठमाडौैँ
नेपालमा चौथो व्यक्तिमा कोरोनाभाइरसको संक्रमण देखिएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत ३४ वर्षीय एक युवालाई कोरोना पोजेटिभ देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले थप एकलाई कोरोना संक्रमण भएको पुष्टि भएको जानकारी दिनुभयो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आज भएको परीक्षणमा कोरोना संक्रमण भएको पुष्टि भएको हो । काठमाडौं बाहिर कोरोना संक्रमित भेटिएपछि यसको संक्रमण देशभर रहेको अनुमान गरिएको छ । कोरोना संक्रमणको आशंकमा काठमाडौंका तीन अस्पतालमा १७ जनाको उपचार भइरहेको छ । कान्ति बाल अस्पतालमा ९ जना तथा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु र ललितपुरको लगनखेलमा रहेको पाटन अस्पतालमा ४÷४ जना गरेर १७ जनाको आइसोलेशनमा उपचार भइराखेको छ । टेकु अस्पतालमा उपचार गराइरहेका एक जनालाई भने डिस्चार्ज गरिएको छ । कोराना पुष्टि भएका दुई जनाको काठमाडौं टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल आइसोेलेशनमा राखेर उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

nema
Show More

Related Articles

Back to top button