समाचार

युएईमा १२ जना नेपाली अलपत्र

१ जेष्ठ , काठमाडौैँ÷ २ महिनादेखि कम्पनीले तलब नदिएपछि युनाइटेड अरव इमिरेट्सको आबुधाबीमा १२ जना नेपाली अलपत्र परेका छन् । आबुधाबी मुसाफा आइकार्ड स्थित कन्ट्याक्टिङ्ग मेन्टिनेन्स कम्पनीमा कार्यरत नेपालीहरु तलब नपाएपछि अलपत्र परेका हुन । कम्पनीले तलब नदिएपछि खाने तथा बस्ने समस्या भएको उनीहरुको गुनासो छ । कम्पनीले मासिक तलबबाहेक ३ देखि ६ महिनासम्मको ओभर टाइमको हिसाब समेत दिएको छैन । मोरङ, सर्लाही, सिन्धुपाल्चोक र बुटबल स्थायी घर भएका उनीहरु एक सातादेखि काममा समेत जान नसकेको बताइएको छ ।

nema
Show More

Related Articles

Back to top button