समाचार

इपिएस भाषा परीक्षाका लागि शनिबारदेखि आवेदन खुला

काठमाडौं÷ सरकारीस्तरबाट दक्षिण कोरिया जान लिइने भाषा परीक्षाका लागि शनिवारदेखि आवेदन खुल्ला भएको छ । वैदेशिक रोजगार विभागअन्तर्गत रहेको इपिएस कोरिया शाखाले सन् २०१९ मा कोरिया जानका लागि दिनुपर्ने भाषा परीक्षा आगामी जुन ८ र ९ अर्थात् जेठ २५ र २६ लाई तोकेको छ।

परीक्षामा सामेल हुन चैत ८ देखि १७ सम्म फारम भर्न सकिनेछ। फारम देशैभर अनलाइनबाट भर्ने व्यवस्था मिलाइएको इपिएस कोरिया शाखाले जनाएको छ।

इपिएस परीक्षाका लागि काठमाडौं र पोखरालाई परीक्षा केन्द्र तोकिएको छ। तर, पोखरा केन्द्रमा भने १२ हजार परीक्षार्थी मात्र सामेल हुन पाउने छन्। पोखरा केन्द्र रोज्नेले १२ हजारभन्दा बढी परीक्षार्थी नाघेपछि काठमाडौंमै आएर परीक्षा दिनुपर्ने शाखाले जनाएको छ।

सन् २०१९ का लागि कोरियाले १० हजार ५० जना कामदार माग गरेको छ। जसमध्ये ७ हजार ५० जना निर्माण क्षेत्रमा र तीन हजार जना कृषितर्फ सिट निर्धारण गरिएको छ।

कोरिया नेपाली कामदारका लागि सुरक्षित गन्तव्य देश मानिन्छ। कोरियामा प्रत्येक नेपालीले मासिक १ लाखभन्दा बढी रुपैयाँ आम्दानी गर्ने गरेका छन् ।

अहिलेसम्म ६० हजार भन्दा बढी युवा रोजगारीका लागि कोरिया गइसकेका छन्।

सन् २०१८ मा भाषा परीक्षाका लागि ८२ हजार २ सय ६४ जना सहभागी भएकामा ७ हजार ९ सय ९६ जना उत्तीर्ण भएका थिए। जसमध्ये कृषिमा २ हजार ९ सय ६८ र उत्पादन क्षेत्रमा ५ हजार २८ जना सफल भएका थिए।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button