समाचार

कैलालीको क्वारेन्टाइनमा भएको सामूहिक बलात्कार घटनाप्रति मानव अधिकार आयोगको ध्यानाकर्षण

१ असार, काठमाडौैँ
राष्ट्रिय मानव अधिकार आयोगले क्वारेन्टाइनमा भएको सामुहिक बलात्कारको घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । आज एक विज्ञप्ति जारी गरेर कैलालीको शहिदस्मारक माध्यमिक विद्यालयको क्वारेन्टाइनमा भएको सामुहिक बलात्कारको घटना दुखद् भएको भन्दै आयोेगले धनगढी स्थित प्रदेश कार्यालयको टोली अनुगमनका लागि घटनास्थलतर्फ प्रस्थान गरेको जनाएको छ ।
 
आयोगले घटनाको सम्बन्धमा नेपाल प्रहरीलाई विस्तृत जानकारी पठाउन पत्राचार गरिसकेको समेत जानकारी दिएको छ । साथै आयोगले विश्व स्वास्थ्य संगठनको मापदण्डबमोजिम क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । साथै आयोगले घटनामा संलग्न दोषीलाई तत्काल कानुुनी दायरामा ल्याउन, क्वारेन्टाइनमा यस्ता प्रकारका घटनाहरु नदोहोरिने सुनिश्चितता गर्न र बलात्कृत भएको भनिएकी महिलाको शीग्र स्वास्थ्य परिक्षण तथा पीसीआर परिक्षण गरी मनोसामाजीक विर्मश प्रदान गर्न सरकारसँग माग गरेको छ ।

nema
Show More

Related Articles

Back to top button