समाचार

आज विश्व कुष्ठरोग दिवस, नेपाल लगायत विश्वभर मनाइँदै

१२ माघ, काठमाडौैँ÷ आज विश्व कुष्ठरोग दिवस, नेपाल लगायत विश्वभरि विभिन्न कार्यक्रम गरी मनाइदैछ । हरेक बर्षको डिसेम्बर ३० संग तुलना गर्दै त्यसको सबैभन्दा नजिकको आइतबारलाई बिश्व कुष्ठरोग दिवसका रुपमा मनाउने चलन छ । कुष्ठरोगलाई अपांगतासंग जोडेर हेर्ने गरिन्छ । नेपालमा सन् २०१० मै कुष्ठरोग निवारण भएको घोषणा गरिएपनि हाल शून्य दशमलव ९४ प्रतिशत मानिसमा कुष्ठरोग रहेको सरकारी तथ्यांक छ । हरेक वर्ष ३ हजार नयाँ बिरामी थपिने गरेको तथ्यांकमा उल्लेख छ ।
नेपालमा अहिलेसम्म १८ हजार ५ सय जनाको कुष्ठरोग पूर्णरुपमा निको भइसकेको छ भने ३० हजार व्यक्ति कुष्ठरोगबाट अपांग भएका छन् । करिब ३००० बर्षअघि नै मानव शरीरमा कुष्ठरोग पाइएको इतिहास रहेपनि सन् १८७३ मा आएर मात्र नर्वेका बैज्ञानिकले यस रोगका बारेमा पत्ता लगाएर जानकारी सार्वजनिक गरेका थिए ।

nema
Show More

Related Articles

Back to top button