समाचार

राप्रपा अब कहिल्यै नफुट्न् गरि एकता हुन्छ ः अध्यक्ष कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले अब कहिल्यै नफुट्ने गरी विभाजित शक्तिहरुसँग एकता हुन लागेको बताउनु भएको छ । चितवनको भरतपुरमा बिहिवार संचारकर्मींहरुसँग कुराकानी गर्दै अध्यक्ष थापाले यस्तो बताउनु भएको हो । विगतमा विभाजित भएका शक्तिहरुसँग अब कहिल्यै नफुट्ने गरी पार्टी एकता गर्ने अध्यक्ष थापाले दावी गर्नुभयो । अबको पार्टी एकता गएको महाधिबेशनमा लिइएको नीति, सिद्धान्त र कार्यक्रमकै आधारमा हुने उहाँले प्रष्ट पार्नु भएको छ । अध्यक्ष थापाले हिन्दूराष्ट्र पुनःस्थापनाका लागि पार्टीले जनसंर्घषका कार्यक्रम अघि बढाउने बताउनु भएको छ ।

nema
Show More

Related Articles

Back to top button