breakingसमाचारनेपाली कांग्रेस

संविधानको कार्यान्वयनमा प्रधानमन्त्री ओलीबाटै खतराः खाँड

१३ असोज, काठमाडौैँ÷ नेपाली काँगे्रसका प्रमुख सचेतक बालकृष्ण खाँडले नेपालको संविधानलाई प्रधानमन्त्री केपी शर्मा ओलीबाटै खतरा भएको दाबी गरेका छन् । दुई तिहाईको आडमा सत्तारुढ नेकपाले संविधानको मूल्यमान्यताको विपरीत बहुमतको दुरुपयोग गरेको खाँडको टिप्पणी छ । जनकपुरधाममा सोमवार पत्रकार सम्मेलन गर्दै उनले अहिलेको संविधानबाट सबै समुदाय संतुष्ट नरहेकोले यसलाई सबैले स्वीकार गर्ने गरी परिमाजर्न गर्नुपर्नेमा जोड दिएका हुन् । तर प्रधानमन्त्री ओलीले संविधान संशोधन गर्न नचाहेको उनको आरोप छ । दिनानुदिन नेकपा सरकारले संविधानलाई प्रतिकुल असर पार्ने गरी कदम चालिरहेको खाँडले स्पष्ट पारे ।

nema
Show More

Related Articles

Back to top button