समाचार

सेयर बजारमा सामान्य सुधार

मंगलबार शेयर बजारमा सामान्य अंकको सुधार आएको छ । नेप्से साढे ४ अंकले सुधार हुदाँ पनि कारोबार रकम भने खस्किएको छ । सोमबार तुलनामा कारोबार रकम ४१ करोड रुपैयाँले घटेको छ ।
मंगलबार कारोबारमा आएका अधिकाँस सुचकहरु सकारात्मक बन्दा नेप्से परिसूचक ४ दशमवल ४२ अंकले बृद्धि भएर १३१२ दशमलव १४ विन्दुमा पुगेको छ । यस दिन १७३ कम्पनीका ३१ लाख २ हजार २८४ कित्ता शेयर किनबेच भएर ८१ करोड ४४ लाख रुपैयाँको कारोबार भयो । सोमबार १ अर्ब २२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
मंगलबार करोबारमा आएका १२ उपसमुहमध्ये अधिकाँस सूचकमा सुधार आएको छ । ९ समुहको सूचक सकारात्मक बन्दा ३ समुहको सूचक मात्रै नकारात्मक बने । हाइड्रोपावर सूचक सबै भन्दा धेरै ६४ दशमलव ६ अंकले सुधार भएको छ । यस्तै जीवन ४२, निर्जीवन २८।०६, फाइनान्स १०।५१, व्यापार २।७, होटल २।५८, विकास बैंक २।४४, वाणिज्य बैंक ०।०८ र म्युचुअल फण्डको सूचक ०।०५ अंकले सकारात्मक भएका छन् ।
यता उत्पादन तथा प्रशोधन समहुको सूचक सबैभन्दा धेरै ३३।३४ अंकले ओरालो लागेको छ । यस्तै माइक्रोफाइनान्स ३।०५ र अन्य १।१६ अंकले नकारात्मक बने ।
मंगलबार नेपाल बैंक र शिवम् सिमेन्टको शेयर अधिक मात्रामा कारोबार भएको छ । नेपाल बैंको ८ करोड ६६ लाख र शिवमको ६ करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

nema
Show More

Related Articles

Back to top button