समाचार

एसईई परीक्षाको नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी

३ असार, काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसईई परीक्षाको नतिजा एक साताभित्रै सार्वजनिक गर्ने तयारी गरेको छ । अहिले एसईई परीक्षार्थीको प्राप्ताङ्क कम्प्युटरमा इन्ट्री गर्ने र रुजु गर्ने काम भइरहेको परिक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले असार १० गतेभित्रै परिक्षाफल प्रकाशित गरिने बताउनुभयो ।
प्राविधिकतर्फको नतिजा पनि सँगै प्रकाशित गर्ने योजना बनाइरहेको रेग्मीले बताउनुभयो । यसअघि प्राविधिक विषयहरुको नतिजा ढिला प्रकाशित हुन्थ्यो । प्राविधिकअन्तर्गत करिब ८ हजार विद्यार्थीले परीक्षा दिएका छन् ।
चैत ८ गतेबाट सञ्चालित यस वर्षको एसईई परीक्षामा ४ लाख ८५ हजार ५ सय ८६ जना विद्यार्थी सहभागी भएका थिए ।
केन्द्रले परीक्षा लिने र नतिजा प्रकाशित गर्ने यो अन्तिम पटक हो । किनभने सरकारले कक्षा १० सम्मको परीक्षा सञ्चालनको जिम्मा अब प्रदेश तहलाई दिइसकेको छ ।

nema
Show More

Related Articles

Back to top button