breakingसमाचारनेपाली कांग्रेस

नेपालीक कांग्रेसको राष्ट्रिय जागरणको दोस्रो चरण भदौ २४ बाट सुरु हुने

१९ भदौ, काठमाडौं । नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियानको दोस्रो चरण आगामी भदौ २४ बाट सुचारु हुने भएको छ ।
नेपाली काँगे्रसका बिहिवार गरेको पत्रकार सम्मेलनमा यस्तो जानकारी दिएको हो ।
वीपी कोइरालाको १०६ औं जन्म जयन्तिका दिनको अवसर पारेर अभियान सुरु गर्न लागिएको कांग्रेसले जनाएको छ । प्रदेश सभा निर्वाचन क्षेत्रहरुमा वृक्षारोपण गरेर अभियानको उद्घाटन गरिने नेपाली काँगे्रसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
जागरण अभियानको अन्तिम दिन ७ असोजमा जिल्लास्तरीय विरोध प्रदर्शन हुने कार्यक्रम राखिएको छ । प्रदर्शनलाई बढ्दो महंगी, भ्रष्टाचार, महिला हिंसा, बलात्कार र हत्या अलोकतान्त्रिक विधेयकविरुद्ध केन्द्रित गरिने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
 
पत्रकार सम्मेलनको पुरा विवरण हेर्न यहाँ क्लिक गर्नुहोला

nema
Show More

Related Articles

Back to top button