breakingसमाचार

नेपालमा कोरोना संक्रमितको संख्या ३५७ पुग्यो,बाँकेमा एकै दिन ४७ थपिए

५ जेठ, काठमाडौैँ
नेपालमा एकै दिन थप ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये बाँकेमा एकैपटक ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ४६ पूरुष र १ जना महिला रहेको सवास्थ्य तथा जनसंख्या मान्त्रालयले जनाएको छ । भेरी अस्पतालमा गरिएको परिक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ देखिएको हो ।
यस्तै विराटनगरस्थित प्रादेशिक प्रयोगशालामा गरिएको परिक्षणमा मोरङका १ जना, भौरहवाको प्रयोगालामा गरिएको परिक्षणमा गुल्मीका १ जना र धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा धनुषाका १ जना, रौतहटका १ जना, दाङका १ जना र धादिङका १ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारि दिनुभएको छ । उनीहरु सबैजना १८ देखि ४६ बर्ष उमेर समुहका रहेका छन् ।
आज बिहान मात्रै रौतहटको इश्वरनाथ नगरपालिका २,३,६, ९ का २१ देखि ३० बर्ष उमेर समूहका ६ जना पुरुष , माधवनारायण नगरपालिका ३ का २८ बर्षिया महिला र बारा करैयामाइ नगरपालिका ५ का ३८ बर्षिया पुरुष गरि ९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ३५७ पुगेको छ । २ जनाको मृत्यु भएको छ भने ३६ जना उपचारपछि नीको भएर घर फर्किएका छन् ।
यसैबीच नेपालमा हालसम्म १ लाख २ सय ४३ जनामा कोरोना भाइरस परिक्षण गरिएको छ । हालसम्म पीसीआर बिधीबाट ३० हजार ७ सय २३ र आरडीटी बिधीबाट ६९ हजार ५ सय ६० जनामा कोरोना परिक्षण गरिएको प्रवक्ता देवकोटाले जानकारि दिनुभएको छ । यस्तै देशभरको तथ्यांकलाइ हेर्दा क्वारेन्टाइन र आइसोलेसनमा बस्नेहरुको संख्या समेत बढिरहेको छ । हालसम्म देशभर २० हजार ९० जना र ४ सय १२ जना आइसोलेसनमा रहेको प्रवक्ता डा. देवकोटाले जानकारि दिनुभयो ।

nema
Show More

Related Articles

Back to top button