breakingसमाचार

राज राष्ट्रियसभाको बैठक बस्दै,विनियोजन विधेकमाथि छलफल हुने

२९ जेठ,काठमाडौैँ
संघीय संसद अन्तरगत राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बिहान ११ बजेपछि बस्ने बैठकमा विनियोजन विधेयक २०७७ माथि छलफल गर्ने कार्यसुची रहेको संघीय संसद सचिवालयले जनाएको छ । आजको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त “विनियोजन विधेयक, २०७७ माथि विचार गरियोस्“ भन्ने प्रस्ताव प्रस्तुत गर्ने तयारी भएको संघीय संसदका महासचिव डा. भरतराज गौतमले जानकारी दिनुभएको छ ।
विनियोजन विधेयक २०७७ हिजो प्रतिनिधि सभाबाट बहुमतसहित पारित भएको थियो । प्रतिनिधि सभाबाट बहुमतले पारित भएको बजेट राष्ट्रिय सभाले पनि पारित गर्नुपर्ने प्रावधान अनुसार राष्ट्रिय सभामा पनि मन्त्रालयगत शीर्षकमाथि छलफल हुनेछ । सम्बन्धित मन्त्रीले जवाफ दिएपछि बजेट पारित हुनेछ । संघीय संसदका दुबै सदनबाट पारित भएपछि नयाँ आर्थिक वर्षबाट बजेट खर्च गर्न सरकारलाई बाटो खुल्नेछ ।

nema
Show More

Related Articles

Back to top button