समाचारसंस्था गतिबिधी

संविधान सभाकी पुर्व सभासद एवं नेपाल महिला संघ कि पुर्व केन्द्रिय सदस्य अस्वस्थ , उपचारको लागी नर्विक अस्पताल भर्ना

 
 
संविधान सभाकी पुर्व सभासद एवं नेपाल महिला संघ कि पुर्व केन्द्रिय सदस्य र वी. पी. विचार समाज तनहुंकी अध्यक्ष उर्मिला ( पार्वती ) थापा अस्वस्थ भई नर्भिक अस्पतालमा उपचारको लागी भर्ना हुनु भएको छ । उहा हिजो जेष्ट २२ गते विहान ४ वजे आफनै निवाश तनहुको घासीकुवामा रीगाटा लागे पछि तत्काल उपचारको लागी दमौलीको रत्न हरी अस्पतालमा लगीएको थियो । त्याहाका चिकित्सकले शाधन सम्पनन अस्पतालमा लैजान सल्लाह दिए पछि उहालाई हिजै काठमाण्डौको गंगालाल अस्पातालमा भर्ना गरीएको थियो । उहाको त्यहा सामान्य परीक्षण पछि उहालाई शिक्षण अस्पताल माहाराजगंज लान रेफर गरएिको थियो । शिक्षण अस्पतालमा उहाको टाउकाको ईसीजी पछि त्यहा उपचार हुन नसके पछि उहालाई हिजै राति नर्विक अस्पताल थापाथली लगीएको थियो शघन उपचार केन्द्रमा उपचार गराईरहनु भएकी श्री थापाको आज विहान एन. जी. ओ . ग्राम गरे पछि उहाको तत्काल टाउकोको अपरेशन गर्नु पर्ने कुरा उहाको उपचारमा खटिएका टोलीका संयोजक डा. राजीव झाले वताउनु भयो । आजै उहाको डा. राजीव झाको टोलीले अपरेसन गर्ने कुरा अस्पताल श्रोतले वताएकोछ । आजै उहाको स्वस्थ स्थितिको जानकारी लिन नेपाली कांग्रेसका नेता कुल वहादुर गुरुड. ,गोविन्द्य राज जोशी लगाएतका कांग्रेस नेता तथा कार्यकर्ताहरु र उहाका शुभचिन्तकहरुको अस्पताल पुगेका थिए । वी पी विचार राष्टिय समाजले आजै एक वक्तव्य प्रकाशित गरी उहाको शिघ्र सस्थ्य लाभको कामना गरेको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button