समाचार

नेकपाका चार शिर्ष नेताहरु बीच विशेष भेटवार्ता , अध्यक्ष ओली भने अनुपस्थित

काठमाडौं । नेकपाका चार शिर्ष नेताहरु बीच विशेष भेटवार्ता भएको छ । शुक्रबार बिहान नेताहरुबीच अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा भेटवार्ता भएको हो ।
वरिष्ठ नेता माधवकुमार, झलनाथ खनाल र बामदेव गौतम प्रचण्ड निवास पुगेका थिए । नेताहरु बीच अहिले पार्टीभित्र देखिएको विवादकाबारे कुराकानी भएको बताइएको छ ।
त्यसैगरी आगामी दिनमा पार्टीलाई कसरी मिलाएर लाने भन्ने विषयमा समेत नेताहरुबीच छलफल भएको बताइएको छ । छलफलको अन्त्यतिर नेता वर्षमान पुन पनि पुगेका थिए ।
नेकपा भित्र बाँस्कोटा प्रकरण, वामदेव प्रकरणले पार्टी दुई कितामा विभाजित छ । पछिल्लो समय वरिष्ठ नेताहरु एकठाउँमा उभिएपछि प्रधानमन्त्री केपी शर्मा ओली एक्लो भएका छन् । विशेष भेटमा प्रधानमन्त्री ओली भने अनुपस्थित रहेको बताइएको छ ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button