समाचार

मुगल बादशाहको सेनालाई पराजित गरेको सम्झनामा विजयोत्सव

१० माघ, काठमाडौैँ÷ गोर्खाली सेनाले तत्कालीन मुगल बादशाह मिरकासिमको सेनालाई पराजित गरेको ऐतिहासिक दिनको सम्झनामा मकवानपुरमा आज विजयोत्सव मनाइएको छ । गोर्खाली सेनाले एकैदिन मुगलको १७ सय सेनालाई पराजित गरेर ऐतिहासिक विजय प्राप्त गरेको सम्झनामा विजयोत्सव मनाउन लागिएको हो ।
वीर गोर्खालीले मुगल सेनालाई पराजित गरेर ५०० भन्दा बढी आधुनिक हातहतियार र शक्तिशाली तोपसमेत नियन्त्रणमा लिएको इतिहासकारहरुको भनाई छ । २ सय ५७ वर्ष अघि भएको यो युद्धलाई गोर्खाली सेनाले विदेशी सेनासित लडेको पहिलो युद्धका रुपमा लिइएको छ ।
मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईंले विजयोत्सव कार्यक्रम भव्य रुपमा मनाउन लागिएको जानकारी दिनुभयो । पहिलो विजयोत्सव मनाउन तत्कालीन राजा पृथ्वीनारायण शाह स्वयम् गढीमा उपस्थित हुनुभएको थियो भने मान्यता छ । सोही समयदेखि विजयोत्सव मनाउन थालिएको भए पनि व्यवस्थित र भव्य कार्यक्रम गरेर मनाउन थालेको भने केहि वर्ष मात्रै भएको गढी संरक्षण र व्यवस्थापनमा सक्रिय बद्री खतिवडाले जानकारी दिनुभयो ।

nema
Show More

Related Articles

Back to top button