समाचार

विशाल प्रदर्शनले काठमाडौँका सडकमा ट्राफिक जाम

४ असार, काठमाडौं । गुठी विधयेक खारेजीको माग गर्दै माइती घरमा भएको विशाल जनप्रदर्शनका कारण काठमाडौं उपत्यकाको विभिन्न ठाउँमा सवारी चाप देखिएको छ ।
आन्दोलनका कारण त्रिपुरेश्वर, थापागाउँ, पुरानो बसपार्क, पुतली सडक, कमलादी, नयाँ बानेश्वर, कुपन्डोलर र पुल्चोक भएर चल्ने सवारी चापमा रहेको ट्राफिक प्रहरीले जनाएको छ ।
महाशाखाले ती क्षेत्रमा वैकल्पिक बाटोको प्रयोग गर्न सवारी चालकलाई सुझाव दिएका छन् ।
प्रहरीले सिंहदरबार पूवीृगेटबाट आउने सवारी साधानलाई नयाँ बानेश्वर, कुपण्डोलबाट माइतीघर हुँदै सिंहदरबार आउने सवारी साधनलाई करिडोर र त्रिपुरेश्वरबाट आउने सवारीसाधानलाई कालिमाटीतर्फ पठाइरहेको छ ।
नयाँ बानेश्वरबाट आउने सवारी साधानलाई शंखमुलतर्फ पठाइएको ट्राफिक प्रहरीले जनाएको छ ।
पुरानो बसपार्कबाट सिंहदरबार हुँदै थापाथली र नयाँ बानेश्वरतर्फ जाने सवारी साधनलाई पद्मोदय मेडबाट डाइभर्सन गरिएको छ भने भद्रकालीबाट आउने सवारी साधानलाई त्रिपुरेश्वरतर्फ पठाइएको छ ।
पुतली सडक, सिंहदरबार हुँदै चल्ने सवारी सधानलाई न्यु प्लाजाबाट अनामनगर, थापागाउँ हुँदै नयाँ बानेश्वरतर्फ पठाइएको छ ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button