समाचार

गुठी विधेयक फिर्ता नलिए सरकार विरुद्ध कडा आन्दोलन गर्ने चेतावनी

काठमाडौं, जेठ ३० । स्वर्गद्धारी आश्रमलगायतका विभिन्न संघ–संस्थाले विवादास्पद गुठीसम्बन्धी विधेयक फिर्ता लिन सरकारसँग माग गरेका छन् ।
बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनीहरुले गुठीको सम्पति हत्याउन खोज्नेखालको विधेयक फिर्ता नलिए कडा आन्दोलन गर्ने चेतावनी दिएका हुन ।
देवी–देवताका नाममा अर्पण गरेको चल–अचल सम्पत्ति सरकारले भूमाफियालाई सुम्पन खोजेको उनीहरुको आरोप थियो ।
विधेयकबाट नेपालको मौलिक संस्कृति र सनातन वैदिक परम्परा नासिँदै जाने भएकाले संस्कृतिमाथिको प्रहारविरुद्ध एकजुट हुनसमेत उनीहरुले सबैमा आग्रह गरेका छन् ।
कार्यक्रममा स्वर्गद्धारी आश्रमका सदस्य रुद्रप्रसाद मिश्रले आश्रमको नाममा ११ सय विगाहा जमिन रहेको भन्दै गुठीको जग्गा बचाऔं अभियान सन्चालन गरिने जानरकारी दिए ।

nema
Show More

Related Articles

Back to top button