समाचार

चीनबाट ल्याउन लागेका नेपालीको स्वदेश फर्काउने प्रक्रिया लम्बियो

२३ माघ, काठमाडौैँ÷ क्वारेन्टाइनमा राख्ने स्थानको टुंगो लाग्न नसक्दा चीनबाट ल्याउन लागेका नेपालीलाई स्वदेश फर्काउने प्रक्रृया धकेलिएको छ । सरकारी निकाय तथा अधिकारीहरुले ठाँउको टुंगो लगाउन नसक्दा कोरोना भाइरस प्रभावित चिनको बुहानमा रहेका नेपालीलाई स्वदेश फर्काउने काममा ढिलाइ भएको हो ।
निरन्तररुपमा ठाँउको खोजी र छलफल चलिरहेको भएपनि ठाँउको यकिन भने हुन नसकेको स्वास्थ मन्त्राललये जनाएको छ । यस बिषयमा छलफल गर्न आज पनि बैठक बस्ने स्वास्थ मन्त्रालयका प्रवत्ता महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । क्वारेन्टाइनमा राख्ने ठाँउको टुंगो नलागे सम्म अन्य प्रकृया अगाडी नबढ्ने देखिएको छ । सरकारले यस अघि भक्तपुरको खरिपाटी स्थित नेपाल बिद्युत प्राधिकरणको भवनमा क्वारेन्टाइन राख्ने तयारी गरेको भएपनि पनि स्थानिय बिरोधमा उत्रिएपछि सरकार त्यस निर्णय बाट पछाडी हटेको बताइएको छ ।

nema
Show More

Related Articles

Back to top button