समाचारविश्व

कोरोना भाइरसलाई लिएर स्वास्थ्य क्षेत्रमा संकटकालको घोषणा

१७ माघ, काठमाडौैँ÷ विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस लाई लिए विश्वव्यापी रुपमा स्वास्थ्यक्षेत्रमा संकटकालको घोषणा गरेको छ । कोरोना भाइरसको प्रकोप चीनसहित अन्य मुलकमा तीव्र गतिमा फैलन थालेपछि विश्वव्यापी रुपमा आपतकाल घोषणा गरिएको हो । विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अडनोम गेब्रियसले चिनमा भन्दा पनि अन्य देशमा केन्द्रित रहेर विश्व आपतकालीन अवस्था घोषणा गरिएको बताउनुभएको छ ।
 
कमजोर स्वास्थ्य प्रणाली भएका देशहरूमा कोरोनाको प्रकोप महामारीका रुपमा फैलिन सक्ने भन्दै विश्व स्वास्थ्य संगठनले चिन्ता जनाएको छ । चीनमा कोरोना भाइरसका कारणा हाल सम्म २ सय १३ जनाको मृत्यु भइसकेको छ। चीनको हुबेइ प्रान्तको वुहान शहरमा गएको डिसेम्बरमा पहिलोपटक देखिएको कोरोना भाइरसको संक्रमण हाल चीन बाहेक १८ देशमा फैलिएको छ ।

nema
Show More

Related Articles

Back to top button