समाचार

जवाफदेही बनाउन एनजीओलाई अनुमति मागिएको अर्थमन्त्री खतिवडाको दाबी

काठमाडौं– अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले गैरसरकारी संस्था (एनजीओ)हरुलाई जवाफदेही बनाउन चाहेको बताएका छन् ।
अर्थमन्त्री खतिवडाले गैर सरकारी संस्थाहरुलाई जवाफदेही बनाउन संघ, प्रदेश र स्थानीय तहमा अनुमति लिएर मात्रै काम गर्ने नीतिगत व्यवस्था गरेको पनि उल्लेख गरेका छन् ।
बिहीबारबाट ललितपुरमा शुरु भएको ‘सार्वजनिक नीति र प्रशासनमा दक्षिण एसिया’ विषयक तेस्रो अन्तराष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै मन्त्री खतिवडाले संघीयतालाई सफल बनाउन तीन वटै तहका सरकारले निजी क्षेत्रसँगको सहकार्यलाई अर्थमन्त्री खतिवडाले जोड दिए ।
उनले संघीयता मुलुकका लागि नयाँ अभ्यास भएपनि त्यसलाई सफल बनाउन सरकारले प्रदेश र स्थानीय तहमा पनि अनुमति लिएर गैर सरकारी संस्थाहरुले पनि काम गर्न पाउने नीतिगत व्यवस्था गरेको बताए ।

nema
Show More

Related Articles

Back to top button