समाचार

नवलपरासी काँगे्रसमा गच्छदार कार्यकर्ताको खोजी, सभापति नै बेखबर

परासी÷ नेपाली कांग्रेसमा समाहित भएको तत्कालिन फोरम लोकतान्त्रिकका नेताले पश्चिम नवलपरासीमा आफ्ना पुराना कार्यकर्ताहरुको नामावली संकलन थालेको छ । पार्टी कांग्रेसमा मिसिए पनि संगठनको जिम्मेवारी नपाएपछि क्रियाशील सदस्यता दिलाउन नामावली संकलन गरिएको नेताहरुले बताएका छन् ।
पूर्वफोरम लोकतान्त्रिकका अध्यक्ष वीजयकुमार गच्छदारले आफ्ना २० हजार बढी कार्यकर्तालाई कांग्रेसको क्रियाशील सदस्यता दिनुपर्ने केन्द्रमा माग गरेपछि जिल्ला तहका नेताहरु कार्यकर्ताको नाम संकलन गर्न थालेका छन् ।
तत्कालिन फोरमका जिल्ला अध्यक्ष सुवासचन्द्र गिरीका अनुसार पूर्व फोरम लोकतान्त्रिकले कार्यकर्ताको नामावली पठाउन जिल्लामा निर्देशन नै दिएपछि नाम संकलन सुरु भएको छ । ।जिल्लाबाट पाँच सय कार्यकर्ताको नामावली पठाउन पूर्व फोरम लोकतान्त्रिकको सर्कुलर छ । सोही संख्यामा जिल्ला नेताले नामावली संकलन गरिरहेका छन् ।
नामावली संकलन गर्दा पूर्व फोरम लोकतान्त्रिकको संख्या बढी देखाउन पुराना कांग्रेस कार्यकर्ताको नामावली पनि राखिएको कांग्रेस संस्थापक समुहका नेताको गुनासो छ ।
कांग्रेस सभापतिलाई जानकारी छैन
आफ्नै कार्यकर्ताले नामावली संकलन गरेको कुरा नेपाली कांग्रेस जिल्ला कार्यवाहक सभापति अर्जुनकुमार पोखरेल आफूलाई जानकारी नभएको बताएका छन् ।
संकलन गरिएको नामावली र संख्याबारे जिल्ला समितिलाई जानकारी नदिइएको उनको गुनासो छ । तत्कालिन फोरम लोकतान्त्रिकका नेता भने जिल्लामा नामावली नदेखाई केन्द्रमै पठाउने तयारीमा छन् ।
संस्थापन पक्षलाई नै जानकारी नदिइ गच्छदार निकट ९पुराना कार्यकर्ता० समुहको गतिविधिलाई समानान्तर समितिको तयारीका रुपमा पनि जिल्लामा ब्याख्या गरिएको छ ।
पूर्वी र पश्चिम नवलपरासीमा नेपाली कांग्रेसका १३ हजार ७ सय क्रियाशील सदस्य रहेको दाबी छ । जसमध्ये ८ हजार बढी पूर्वी र बाँकी पश्चिम जिल्लामा कांग्रेसका क्रियाशील सदस्य छन् ।

nema
Show More

Related Articles

Back to top button