नेपाली कांग्रेससमाचार

जय नेपाल शब्दले अब कम्युनिस्‍टको पनि सातो लैजान्छः प्रमुख सचेतक खाँण

बुटवल÷ नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले सरकारका जय नेपाल तत्कालीन राजा महेन्द्रले भन्न सुरु गरेको भनाइप्रति आक्रोश व्यक्त गरेका छन्। शुक्रबार बुटवलमा नेपाली कांग्रेस बुटवलको नगर सम्मेलनको उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका खाँणले उक्त भनाइप्रति विरोध गरेका हुन।
नेपाल सरकारका प्रवक्ता तथा सञ्‍चारमन्त्री गोकुल बाँस्कोटाले बिहीबार जय नेपाल शब्द राजा महेन्द्रले भन्न सुरु गरेको अभिव्यक्ति दिएका थिए। ‘जय नेपाल शहीद शुक्रराज शास्त्रीले सुरुवात गर्नुभएको हो। फाँसी दिँदा अन्तिम आशा के छ भनेर सोध्दा उहाँले जय नेपाल भन्नुभएको थियो’ उनले भने। यही जय नेपालको बलले राणाको सातो लग्यो, राजाको सातो लग्यो अब कम्युनिस्‍टको सातो लैजान्छ’ उनले भने । सचेतक खाँणले गलत तथ्यका आधारमा अनावश्यक हल्ला र टिप्पणी नगर्न चेतावनीसमेत दिएका छन्।

Show More

Related Articles

Back to top button