breakingसमाचार

नेपालमा ४१ जनामा कोरोना संक्रमण भएको पुष्टि,उदयपुरमा एकै दिन १० जना थपिए

९ बैशाख,२०७७
नेपालमा कोरोना संक्रमितको संख्यामा अप्रत्याशित रुपमा बृद्धि हुँदै गएको छ । आज(मंगलबार) थप १० जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा ८ जना र टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २ जना गरी १० जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज दिउँसो एक जनामा कोरोना पोजेटिभ भएको रिपोर्ट आएको थियो ।
 
थपिएका १० जनासहित नेपालमा ४१ जनामा कोरोना संक्रमण भेटिएको छ। यी मध्ये ५ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । धरानमा परीक्षण गरिएका ८ जना पनि उदयपुरको त्रियुगा नगरपालिकास्थित मस्जिदमा बसेका व्यक्तिहरु रहेको बताइएको छ । उनीहरुको सुरुमा विराटनगरस्थित कोशी अस्पतालमा प्रयोगशाला परीक्षण गरिएको थियो ।
 
विराटनगरमा पोजेटिभ देखिएपछि थप परीक्षणका लागि बिपी प्रतिष्ठानमा पठाइएको थियो । त्यहाँ पनि उनीहरुको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

nema
Show More

Related Articles

Back to top button