समाचार

नवलपरासी पूर्वमा ७१ जनामा डेंगीको संक्रमण भेटियो

नवलपरासी पूर्व –नवलपरासी पूर्वमा ७१ जनामा डेंगुको संक्रमण देखिएको छ । राजमार्गसँग जोडिएका बजार क्षेत्रका ७१ जनामा डेंगीको संक्रमण देखिएको स्वास्थ्य कार्यालय नवलपरासी पूर्वका प्रमुख ख्याम केसीले जानकारी दिए ।
प्रमुख केसीका अनुसार सबैभन्दा धेरै डेंगीको संक्रमण गैंडाकोट नगरपालिकामा देखिएको छ । गैंडाकोट नगरपालिकामा मात्र ५२ जनामा डेंगीको संक्रमण देखिएको उनले बताए ।
भदौ २५ गतेसम्मको प्राप्त तथ्याङ्कअनुसार गैंडाकोटमा ५२ जना, देवचुली नगरपालिकामा १० जना, कावासोती नगरपालिकामा ८ जना र मध्यबिन्दु नगरपालिकामा एक जनामा डेंगीको संक्रमण देखिएको छ । जिल्लाको पहाडी क्षेत्रका स्थानीय तहहरुमा भने अझैसम्म कसैमा डेंगी भएको भन्ने जानकारी प्राप्त नभएको प्रमुख केसीले बताए ।
डेंगीको संक्रमण बढ्दै गएप्छि परीक्षणका लागि जिल्लामा किटको अभाव भएको स्वास्थ्य कार्यालय प्रमुख केसीले बताए । गण्डकी प्रदेश सरकारले थोरै किट पठाएकाले जिल्लामा अहिले किटको अभाव भएको उनले गुनासो गरे ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button