breakingसमाचार

सभामुख महराले भने ः गिरिजाप्रसाद ‘कोइराला नेपालको शान्तिप्रक्रियाका नायक’

काठमाडौं । सभामुख कृष्णबहादुर महराले गिरिजाप्रसाद कोइराला नेपालको शान्तिप्रक्रियाका नायक भएको बताएका छन् ।
गिरिजाप्रसाद कोइरालाको नवौं स्मृति दिवसको सन्दर्भमा बिहिबार काठमाडौंमा गरिएको कार्यक्रममा सभामुख महराले राष्ट्रिय र अन्तर्राष्ट्रिय चुनौतिका बीच उनले नेपालको शान्ति प्रक्रिया टुंगोमा पुर्‍याएको स्मरण गरेका हुन ।

१२ बुँदे सम्झौतादेखि पछाडिका शान्ति प्रकृयाका महत्वपूर्ण काम पूरा गर्न कोइरालाको भूमिका महत्वपूर्ण रहेको सभामुख महराको भनाई थियो ।

सेना समायोजनदेखि हतियार ब्यवस्थापनसम्म चुनौति भए पनि उनले सहज रुपमा काम गरेको महराको भनाइ थियो ।

सभामुख महराले गिरिजाप्रसाद कोइराला सबै राजनीतिक दललाई साथ लिएर अगाडि बढ्न सक्ने नेताको रुपमा आफूले पाएको स्मरण गरे ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता गगन थापा र भीमसेनदास प्रधानले गिरिजाप्रसाद कोइरालाले देखाएको बाटोमा हिँड्नुपर्ने आवश्यकता माथि जोड दिएका थिए ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button