समाचार

डाक्टर गोविन्द केसीद्धारा सरकारी उपचार लिन अस्वीकार

४ साउन, काठमाडौैँ÷अनशनरत डा.गोविन्द केसीले सामान्य स्लाइन बाहेक कुनै पनि औषधी प्रयोग नगर्ने अडान लिनुभएको छ । त्रिवि शिक्षण अस्पतालमा २१ दिनदेखि १५ औँ सत्याग्रह जारी राख्नुभएका डा. केसीले सरकारी उपचार लिन अस्वीकार गर्नुभएको हो । सरकारले उपचारकै लागि काठमाडौं ल्याउन जुम्लामा गरेको ज्यादती नागरिक स्वतन्त्रता विरोधी भएको भन्दै कुनै पनि किसिमको औषधी–उपचार र स्वास्थ्य जाँचसमेत नगर्ने अडान केसीले लिनुभएको छ । विगतमा सरकारले आफूसँग गरेका सम्झौता कार्यान्वयन नगरेसम्म अनसन नछाड्ने डा. केसीको अडान छ । डा. केसीलाई काठमाडौं ल्याउन खोज्दा जुम्लामा झडप समेत भएको थियो ।

nema
Show More

Related Articles

Back to top button