breakingसमाचारनेपाली कांग्रेस

सरकारको कार्यशैलीबाट नागरिक ठगिए ः कांग्रेस सभापति देउवा

काठमाण्डौ ÷नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको कार्यशैलीबाट नागरिक ठगिएको बताएका छन् ।
ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल, महालेखा परिक्षकको प्रतिवेदन लगायतले भ्रष्टाचार र आर्थिक विचलन बढेको देखाएको भन्दै देउवाले सरकारले सुशासन कायम गर्न नसकेको दावी गरेका हुन ।
सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि आइतबारदेखि सुरु छलफलमा प्रमुख प्रतिपक्षी दल एवं नेपाली काँगे्रसका सभापति देउवाले नीति तथा कार्यक्रममा कुनै ठोस योजना र कार्यक्रम नल्याइएको बताए ।
केन्द्रीय सरकार संघीय व्यवस्थाको मर्म र भावना अनुकुल हिँड्न नसकेको भन्दै विकास निर्माणले गति लिन नसकेको दाबी गरे ।
तामझामका साथ प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा गरिए पनि त्यसबाट अहिलेसम्म एक जनाले पनि रोजगार पाउन नसकेको सभापति देउवाको भनाई छ । भेरी बबई डाइभर्सन नेपाली कांग्रेसले सुरु गरेको भए पनि अहिले सरकारले आफैले गरेको जस्तो गरेर धाक देखाएको पनि उहाँले बताउनुभयो ।
सभापति देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महारानीको जसरी सम्बोधन गर्न लगाएर सरकारले विवादमा तान्ने काम देउवाले बताए ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button