समाचार

यात्रुको चाप बढेपछि २ सय गाडी थप गर्ने तयारी

८ फागुन, काठमाडौैँ÷ काठमाडौं छाड्ने यात्रुको चाप बढेपछि यातायात व्यवसायीले आज २ सय गाडी थप गर्ने तयारी गरेका छन् । कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै शिक्षण संस्थामा पठनपाठन तथा परीक्षा स्थगित भएपछि पछिल्लो तीन दिन यता काठमाडौ बाहिरिने यात्रुहरुको संख्या बढेको छ । यात्रुको चाप थेग्न मुश्किल भएकाले बस थप्न लागिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताउनु भयो ।
 
सरकारले पर्सि सोमबारदेखि लामो दुरीको सार्वजनिक यातायात सञ्चालनमा रोक लगाउने भएपछि आज काठमाडौं बाहिरिने यात्रुको चाप थप बढेको छ । यात्रुलाई सहज र सुरक्षित रुपमा गन्तब्यमा पु¥याउनका लागि आवश्यक व्यवस्थापन गर्न सरकार र यातायात व्यवसायीबीच आज छलफल हुदैछ । केहिबेरपछि सुरु हुने बैठकमा आवश्यक परे सरकारी गाडीहरु समेत यात्रु ओसार्नका लागि संचालन गर्ने बारेमा छलफल हुने यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिनुभयो ।
 
कोरोना संक्रमणको त्रासले सरकारले अत्यावश्यक बाहेकका सेवा दुई हप्ता बन्द गर्ने घोषणा गरेसँगै विभिन्न प्रयोजनका लागि उपत्यकामा बसोबास गर्दै आएकाहरु बाहिरिने क्रम बढेको छ ।

nema
Show More

Related Articles

Back to top button