समाचार

कोरोना संक्रमित १९ बर्षीय युवती निको भएर डिस्चार्ज

६ बैशाख, काठमाडौैँ
नेपालमा दोस्रो कोरोना भाइरस संक्रमित १९ वर्षीया युवती अस्पतालबाट डिस्चार्ज भएकी छिन । पछिल्लो रिपोर्ट नेगेटिभ आएसँगै उनलाई अस्पतालले डिस्चार्ज गरेको हो । गत ४ चैतमा फ्रान्सबाट काठमाडौं आइपुगेकी ती युवतीमा गत चैत १० गते कोभिड—१९ पोजेटिभ देखिएको थियो । त्यसपछि उनको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा उपचार भइरहेको थियो ।
 
पछिल्लो पटक गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि आज टेकु ट्रपिकल तथा सरुवा रोग अस्पतालले उनलाई डिस्चार्ज गरेको हो । केही दिनअघि गरिएको परीक्षणमा पनि उनको कोरोना नेगेटिभ आएको थियो । यसअघि नेपालमा पहिलो कोरोना संक्रमित चीनको बुहानबाट फर्किएका पुरुष निको भएर घर फर्किसकेका छन् ।
 
नेपालमा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सबैभन्दा धेरै उदयपुरको मस्जिदमा बसेका १२ जनामा कोरोना भएको छ । कोरोन पुष्टि भएकामध्ये १२ जनाको बिराटनगरमा, पाँचजनाको सेती अस्पतालमा, चारजनाको वीरगञ्जस्थित नारायणी क्षेत्री अस्पतालमा, तीनजनाको बागलुङमा र एकजनाको टेकु अस्पतालमा उपचार भइरहेको छ ।

nema
Show More

Related Articles

Back to top button