समाचार

पुष्पकमल दाहाल आज फर्कदै

१७ आषाढ, काठमाडौैँ ÷नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल आइतवार स्वदेश फर्कदै हुनुहुन्छ । अध्यक्ष दाहाल आज साँझ काठमाडौ आइपुग्नु हुने उहाँको निजी सचिवालयले जनाएको छ । पत्नी सिता दाहालको उपचारका लागि उहाँ गत असार ४ गते सिंगापूर जानु भएको थियो ।
कलेजोको समस्याबाट पिडित सिताको सिंगापूरस्थित माउन्ट एलिजावेथ अस्पतालमा उपचार गरिएको थियो । वाटरथेरापी र चिकित्सकले प्रेस्क्राइब गरेको नयाँ औषधि सेवनबाट स्वास्थ्य जाँच गराउनु भएको सिताको स्वास्थ्यमा सुधार आएपछि चिकित्सकको परामर्शका आधारमा स्वदेश फर्किन लाग्नु भएको हो ।

nema
Show More

Related Articles

Back to top button