समाचार

सुधार बिना वायु सेवा निगमलाई एक पैसा पनि दिन नसकिने प्रधानमन्त्री ओलीको अडान

काठमाडौं, असार १६ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेकै अवस्थामा नेपाल वायु सेवा नियमलाई सरकारले ऋण वा लगानीस्वरूप एक रुपैयाँ पनि दिन नसकिने स्पष्ट पारेका छन् ।
नेपाल वायु सेवा निगमको ६१ औं वार्षिकोत्सव समारोहमा ओलीले व्यवस्थापन नसुधार्दासम्म एक रुपैयाँ पनि नदिने बताएका हुन ।
प्रधानमन्त्री ओलीले वायु सेवा व्यवस्थापनले जहाज किन्ने तर उडाउन नसक्ने र घाटामा छ भनेर सरकारसँग पैसा मागिरहने क्रम कहिलेसम्म किन भन्दै प्रश्न उठाए ।
‘प्रधानमन्त्री ओलीले जहाज भएपनि उडाउने पाइलट नभएको भन्दै नियमको कार्यशैलीप्रति आपत्ति समेत जनाए । निगमको अवस्था भद्रगोल भएको भन्दै ब्यवस्थापन नसुधार्ने हो भने रणनीतिक साझेदार ल्याउनुपर्ने बताए ।
सही कार्ययोजना बिना निगमलाई यथास्थितिमा रकम दिन नसकिने प्रष्ट गर्दै उनले निजी क्षेत्रले सञ्चालन गर्दा जे पनि सफल हुने र सरकारी हुँदा जे पनि असफल हुनुको कारणबारे निगमले उत्तर दिनुपर्ने बताए । निगमको ६१ बर्षको अवधिमा ३९ अर्ब ऋण हुनु दुखत भएको प्रधानमन्त्री ओलीको तर्क छ ।

nema
Show More

Related Articles

Back to top button