breakingसमाचार

सरकार हिटलर शैलीको सिको गर्न खोजेको काँगे्रस सभापति देउवाको आरोप

पोखरा, साउन २१ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले हिटलर शैलीको सिको गर्न खोजेको आरोप लगाएका छन् ।
नेपाल पत्रकार महासंघ कास्कीले मंगलबार पोखरामा गरेको कार्यक्रममा उनले वर्तमान सरकार दुईतिहाइको दम्भमा कानुनहरु बनाउँदै सत्ता कब्जाको रणनीतिमा लागेको बताए ।
सभापति देउवाले सन्चार, मानवअधिकार र सेनालाई आफ्नो नियन्त्रणमा राख्न खोज्नुले सरकार स्वतन्त्रता र प्रजातन्त्रविरुद्ध काम गरिरहेको स्पस्ट भएको दाबी गरे ।
उनले प्रजातन्त्रको रक्षाका लागि कांग्रेसले जनतालाई दुःख नदिइ शान्तिपूर्ण आन्दोलन गर्ने चेतावनीसमेत दिए ।

nema
Show More

Related Articles

Back to top button