समाचार

राष्ट्रियसभाका सदस्यहरुको कार्यकाल गोलाप्रथाबाट

२३ वैशाख, काठमाडौं । राष्ट्रियसभा सदस्यहरुको कार्यकाल असार ४ गते तय गरिने भएको छ । गोलाप्रथाबाट राष्ट्रियसभाका सदस्यको कार्यकाल तय गरिन लागेको हो ।
राष्ट्रियसभाका एक तिहाइ सदस्यको पदावधि प्रत्येक २ वर्षमा समाप्त हुने प्राबधान छ । सोही अनुसार राष्ट्रियसभा नियमावली बनेको हो ।
नियमावलीका अनुसार। पहिलो पटकको लागि गोला प्रथाबाट १९ जनाको पदावधि २ वर्षको कायम हुनेछ । त्यस्तै अरु २० जनाको पदावधि पनि गोलाप्रथाबाटै ४ वर्ष तोकिनेछ । बाँकी २० जना को पदाबधि भने ६ वर्ष पूरा हुनेछ ।
दलित र अल्पसंख्यक अपांग कोटा बाहेक प्रत्येक प्रदेशबाट निर्वाचित राष्ट्रियसभाका सदस्य जो जुन क्लस्टरबाट निर्वाचित भएका हुन् उनीहरुकै बीचमा मात्र गोलाप्रथा गरिने नियमावलीमा व्यवस्था छ ।

nema
Show More

Related Articles

Back to top button