breakingसमाचारनेपाली कांग्रेस

स्वास्थ्य सामाग्री खरिद प्रक्रिया पारदर्शी बनाउन कांग्रेस सभापति देउवाको माग

२६ चैत, काठमाडौैँ
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वास्थ्य सामग्री खरिद प्रक्रिया पारदर्शी बनाउन सरकारसँग माग गर्नुभएको छ । कोरोना भाइरस संक्रमणको सम्भावित विरामीको स्वास्थ्य परीक्षण गर्न र संक्रमण पुष्टि भइसकेका विरामीको उपचार गर्न अत्यावश्यक स्वास्थ्य सामाग्री खरिद प्रक्रियामा देखिएको विवादबारे देउवाले सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।
 
उहाँले लकडाउन कति दिन आवश्यक छ भन्ने विषयमा छलफल थाल्नुपर्नेमा समेत जोड दिनुभएको छ । पूर्व प्रधानमन्त्री देउवाले सीमा क्षेत्रमा अलपत्र परेका नेपालीहरुको उचित व्यवस्थापन गर्न र कोरोना संक्रमणको परीक्षणलाई तीव्रता दिन सरकारलाई आग्रह गर्नुभयो ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button