नेपाली कांग्रेस

गुट–उपगुट अन्त्य गरेरै छाड्छुः महामन्त्री कोइराला

गुट–उपगुट अन्त्य गरेरै छाड्छुः महामन्त्री कोइराला

विहिवार ३ , जेठ २०७५ ,मकवानपुर – नेपाली काँग्रेस महामन्त्री शशांक कोइरालाले पार्टीको गुट–उपगुट अन्त्य गरेरै छाड्ने बताएका छन्।

काँग्रेस मकवानपुरद्वारा थाहानगरमा बुधबार आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दैं महामन्त्री कोइरालाले पार्टीभित्रको गुट–उपगुट समाप्त पार्ने आफ्नो एकमात्र लक्ष्य रहेको दाबी गरे।

‘मैले शुरुदेखि नै गुट–उपगुटले काँग्रेसमा अत्यन्त हानी गरिरहेको बताउँदै आएको छु,’ उनले भने ‘चुनाब हार्नुको महत्वपूर्ण एउटा कारण यही हो।’ पार्टीको केन्द्रमा संस्थापन र अन्य पक्षहरूको गुट हाबी रहेको भन्दै चुनावमा योग्यलाई भन्दा आफ्नो पक्षकालाई टिकट दिएकाले चुनावमा हारेको उनले बताए।

उनले चराहरू एकताबद्ध भएर उड्दा ७० प्रतिशत हावाको बेगमा कमी आउने उदाहरण दिँदै त्यस्तै एकताबद्ध भएर अघि बढ्न उनले नेता, कार्यकर्तालाई निर्देशन पनि दिए। बामपन्थी एकताले कुनै चिन्ता नलागेको तर्क गर्दै उनले भने ‘हामीहरू मिले कुनै ताकतले हराउन सक्दैन।’

काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले सरकार कानुन र संविधान अनुसार नचलेको बताए। अधिनायकवाद र सर्वसत्तावाद पञ्चेबाजा बजाएर नआउँने बताउँदै उनले प्रधानमन्त्रीतर्फ संकेत गर्दै सिंहदरबारले अधिकार केन्द्रीकृत गरेकोमा आपत्ती जनाए।

देशका प्रधानमन्त्रीले सपथ लिन आवश्यक नठानेकोमा असन्तुष्टी जनाउँदै उनले प्रधानन्यायाधिश एक महिनाभित्र पदपूर्ती गर्नुपर्ने भएपनि त्यसो नगरिएकोमा चिन्ता जनाए। सरकारले कानुन मिच्ने र संविधान मिच्ने गरिरहेको भन्दै उनले लोकतन्त्र खतरामा पर्न लागेको जिकिर गरे।

प्रदेश ३ संसदीय दलका नेता समेत रहेका काँग्रेस जिल्ला सभापति इन्द्रबहादुर बा“नियाले चुनावमा हारको समिक्षा गर्दै पार्टीको वडातहसम्म सुदृढिकरणको लागि प्रशिक्षण दिएको बताए।

nema
Show More

Related Articles

Back to top button