समाचार

समयमा मनसुन सुरु नहुँदा यो बर्ष धान उत्पादनमा कमी हुने अनुमान

१५ असार, काठमाडौैँ÷ समयमा मनसुन सुरु नहुँदा यो वर्ष धान उत्पादनमा गिरावट आउने अनुमान गरिएको छ । मध्य असारसम्म पनि पर्याप्त पानी नपर्दा अधिकांश स्थानमा रोपाई हुन सकेको छैन । हालसम्म मुलुकभर जम्मा ११ दशमलव ६४ प्रतिशत मात्र रोपाइँ भएको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले जनाएको छ । यो गत वर्षको तुलनामा ३ दशमलव ४५ प्रतिशत कम हो । गत वर्ष असार १५ को अवधिमा देशभर १५ दशमलव ९ प्रतिशत रोपाइँ भएको थियो । केन्द्य्रका अनुसार हाल उच्च पहाडमा २६ दशमलव ३१ प्रतिशत र मध्य तराईमा १ दशमलव १२ प्रतिशत रोपाइँ भएको छ । अन्नको भण्डार मानिने तराईमा जम्मा ९ दशमलव ५९ प्रतिशत मात्र रोपाइँ भएको छ । खडेरी र मल अभावका कारण किसानहरुले समयमा रोपाई गर्न नसकेको बताइएको छ । यस वर्ष नेपालमा १० दिन ढिला गरी मनसुन भित्रिए पनि सक्रिय भइ पानी पर्यापत पर्न नसक्दा किसानहरु थप समस्यामा परेका छन् ।

nema
Show More

Related Articles

Back to top button