समाचार

बाढीपहिरोले पु¥याएको क्षतिको अनुगमन गर्न सांसदको टोली मधेसमा

१ साउन, काठमाडौैँ÷ बाढी प्रभावित क्षेत्रको अनुगमन गर्न मन्त्री तथा सांसदहरुको टोली मधेस झरेको छ । बाढीपहिरोले र्पुयाएको क्षति र राहत तथा उद्धारको अवस्थाबारे बुझ्न मन्त्रि तथा सांसदहरुको टोली तराई मधेसका विभिन्न जिल्लाहरुमा गएको हो । टोलीमा गृहमन्त्री रामबहादुर थापा उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठ, ऊर्जा तथा जलस्रोत मन्त्री वर्षमान पुन, पूर्वप्रधानमन्त्री माधव नेपाल, लगायत रहेका छन् । त्यस्तै कृषि राज्यमन्त्री रामकुमारी चौधरी, संसदको विकास समिति सभापति कल्याणी खड्का, सांसद प्रभु साहलगायत सहभागी भएका छन् । अविरल वर्षाका कारण आएको बाढी र डुबानका कारण प्रदेश २ का जिल्ला धेरै प्रभावित भएका छन् । बाढी पहिरोका कारण ज्यान गुमाउनेको संख्या देशभर झण्डै ७० पुगेको छ । हजारौं विस्थापित भएका छन् । उनीहरुले खाना र बासको उचित व्यवस्था नभएको गुनासो गरिरहेका बेला मन्त्रिहरुको टोली अनुगमनमा निस्किएको हो ।

nema
Show More

Related Articles

Back to top button