समाचार

कामिरिताले आफ्नै रेकर्ड तोडेर नयाँ रेकर्ड बनाए

१ जेष्ठ, काठमाडौैँ÷ नेपाली पर्वतारोही कामिरिता शेर्पाले सबै भन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने नयाँ विश्व कीर्तिमान कायम गरेका छन । शेर्पाले २३ औं पटक सगरमाथा आरोहण गरेर नयाँ विश्व कीर्तिमान बनाएका हुन । कामिरिताले आफ्नै नाममा रहेको सर्वाधिक पटक विश्वको सर्वोच्च शिखर आरोहण गर्ने कीर्तिमान तोडेका हुन । कामिरिता शेर्पा र निमा ओङ्दी शेर्पा आज बिहाज ७ बजेर ५० मिनेटमा सगरमाथाको चुचुरो पुग्न सफल भएको आधार शिविरबाट पर्यटन विभागकी निर्देशक मीरा आचार्यले जानकारी दिइन । सन १९९४ मा पहिलो पटक सगरमाथामा पाइला राखेका शेर्पाले २५ पटक सम्म सगरमाथाको आरोहण गर्ने बताएका छन् ।

nema
Show More

Related Articles

Back to top button