समाचार

धारिलो हतियार प्रहार गरी आफ्नै छोरा र भाईको हत्या÷दुई छोराहरु घाइते ।

३० साउन , रुकुम÷रुकुम पश्चिम मुसिकोट नगरपालिकामा एक व्यक्तिले आफ्नै छोरा र भाइको हत्या गरेका छन् । मुसिकोटको लहरेखेतका ३७ वर्षीय शंकर बिष्टले छोरा र भाईलाइ धारिलो हतियार प्रहार गरि हिजो बिहान हत्या गरेको प्रहरीले जनाएको छ । मानासिक सन्तुलन गुमाएका शंकरले भाइ र छोराको हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ । मृत्यु हुनेमा १६ वर्षीय गोकर्ण विस्ट र ६ वर्षीय छोरा सुदर्शन विष्ट रहेको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी निरीक्षक ऋषि ढुंगानाले बताउनुभयो । बिष्टले आफ्ना दुई छोरालाइ पनि घरेलु हतियार प्रहार गरि गम्भीर घाइते बनाएका छन् । घाइते हुनेमा १३ वर्षीय प्रकाश र १० वर्षीय दिनेश रहेका छन् । उनिहरुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

nema
Show More

Related Articles

Back to top button