समाचारविश्व

जापानमा स्कुले विद्यार्थीमाथि अन्धाधुन्ध चक्कु प्रहार, कम्तिमा ३ जनाको मृत्यु

काठमाडौं । जापानको कावासाकी शहरमा एक व्यक्तिले स्कुले विद्यार्थीमाथि अन्धाधुन्ध चक्कु प्रहार गर्दा कम्तीमा तीन जनाको मृत्यु भएको छ ।
स्कुलको बस पर्खिरहेका विद्यार्थी माझ पुगेका ती व्यक्तिले अन्धाधुन्ध चक्कु प्रहार गर्दा कम्तिमा १८ जना घाइते भएको र उनीहरुमध्ये तीन जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।
मृत्यु हुनेमा एक स्कुले छात्रा र एक ३९ वर्षीय युवा रहेको जनाइएको छ । आक्रमणमा संलग्न करिब ५० वर्षका व्यक्ति लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनको साथबाट दुई वटा चक्कुसमेत बरामद भएको छ । पक्राउ पर्नुअघि आक्रमणकारीले आफ्नो पाखुरामा पनि चक्कु प्रहार गरेको बताइएको छ ।
सन् २०११ मा एक विद्यालयमा प्रवेश गरी ओसाकामा आठ विद्यार्थीको ज्यान लिएको थियो । जापान विश्वकै कम हिंसायुक्त मुलुकमा पर्दछ । तर पछिल्ला केही वर्षमा हाते हतियारको प्रयोग बढ्दै गएको छ ।

nema
Show More

Related Articles

Back to top button